|

ओखलढुङ्गा : जिल्ला सदरमुकाम आसपास र सदरमुकाममा दैनिक दर्जनौंमा कोरोना संक्रमण भई रहेका बेला सदरमुकाममा बुधबार र शनिबार लाग्ने हटिया लाग्छ छाडेको छैन। हटियमा भीडभाड नै छ। 

दैनिक दर्जानौ सर्वसाधरणलाई संक्रमण भएपछि सदरमुकाममा निषेधाज्ञा थप कडा हुने अपेक्षा भए पनि सिद्धिचरण नगरपालिका–१२ मुख्य बजार क्षेत्रमा लाग्ने साप्ताहिक शनिबारे हाटमा बिहानैदेखि मानिसको घुइँचो थियो। नगरपालिकाले शनिबार र बुधबार बिहान केही समयका लागि बजार खोल्न अनुमति दिएको, दूरी कायम गर्नका लागि हरेक स्थानमा डोरी टाँगेको भए पनि शनिबार अलि बढी भीड देखिएको वडा नम्बर १२ का वडा अध्यक्ष विनोदकुमार श्रेष्ठले बताए। तरकारी किनबेच गर्न केही समय खुला गरिएको हाटमा मानिसहरुले दूरी कायम गरेका थिएनन्।

नगरपालिकाले सामाजिक दूरी कायम हुनेगरी रेखा कोरेर किनबेच गर्ने व्यवस्था मिलाए पनि त्यसको पालना नभएको स्थानीय युजा अशेष श्रेष्ठले बताए। जसले संक्रमण फैलिने जोखिम बढेको उनको चिन्ता छ।

यता प्रमुख जिल्ला अधिकारी वन्दना राईले शनिबारे हटियामा भीडभाड भएको जानकारी नआएको बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.