|

ओखलढुंगा : ओखलढुंगामा कोरोना संक्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ।

जिल्लाबाट कामका शिलशिलामा अन्यत्र गएर कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भए पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो।

सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीया महिलाको सोमबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररकै क्रममा मृत्‍यु भएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले बताए।

जेठ  ७ गते उनीमा कोरोना पुष्टि भएको बताइएको छ। मृतक श्रेष्ठलाई श्वासप्रश्‍वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। उनको अक्सिजन लेवलसमेत कम रहेको थियो।

सव व्यवस्थापनका लागि डिसिसिएमसीको बैठक बसिरहेको छ। बैठकको निर्णयअनुसार शवको व्यवस्थापन गरिने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.