|

ओखलढुंगा : जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाएका मृतकको शव ब्यवस्थापनमा समस्या उत्पन्न भएको छ।

जिल्लामा शव बहान नहुँदा शव जलाउने स्थान सम्म गाडी नजाने भएका कारण शव व्यवस्थापनमा समस्या उत्पन्न भएको हो। मृतकका आफन्तले भने आफ्नो परम्परा अनुसार दाहसंस्कारमा सहयोग गर्न सरकारी निकायमा अपिल गरेका छन्।

तर मृतकका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढीमा १५ जना सम्मको उपस्थितिमा दाहसंस्कार गर्न मिल्ने जनाएको छ। अन्यथा नेपाली सेनाले शव ब्यवस्थापन गर्दछ।

नेपाली सेनाले शव ब्यवस्थापनका लागि आफन्तले शव ब्यवस्थापन कार्यविधि दोश्रो संसोधन २०७७ को ६ ख अनुसार मञ्जुरीनामा दिएको खण्डमा सेनाले ब्यवस्थापन गर्न सक्ने उल्लेख भएको कारण परिवारलाई सरकारी मापदण्ड पुरा गर्नको लागि आफुहरुले भनिरहेको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन्।

शव ब्यवस्थापन गर्ने स्थान सम्म गाडी जाने हुदा मात्र आफुहरुले शव ब्यवस्थापन गर्न सक्ने नेपाली सेनाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.