सभामुखको जवाफ - सहमति गर्नुस् नभए अविश्वास प्रस्ताव अघि बढ्छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट सम्बन्धी विधेयक कार्यसुचीबाट हट्नुको कारणबारे सभामुख ओनसरी घर्तीसँग चासो राखेका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले बजेटसम्बन्धी तीनवटा आश्रित विधेयकको अवस्था के छ र यो कार्यसुचीबाट हटाउनुको कारण के हो भनी सोधेका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।

'बजेट सम्बन्धी विधेयक पछाडि राखेर किन पछाडिको (अविश्वास) प्रस्ताव कार्यसुचीमा ल्याइयो भन्ने प्रधानमन्त्रीले जिज्ञासा राख्नुभयो' उनले भने 'सभामुख कुनै दलको नभइ साझा हुनुपर्छ भन्नुभयो।' प्रधानमन्त्री ओलीले बजेट सम्बन्धी विधेयक छलफलको कार्यसुचीबाट हटाउँदा दलहरुबीच द्वन्द्व निम्तने अवस्था भएकाले सचेत हुन पनि सभामुख घर्तीलाई आग्रह गरेका छन्।

जवाफमा सभामुख घर्तीले आफु संसदको परम्परा अनुसार नै अघि बढेको र दलहरुबीच द्वन्द्व हुन नदिन आफुले छलफल गरिरहेको जानकारी दिएकी थिइन्। उनले प्रधानमन्त्री ओलीलाई दलहरुबीच सहमति गर्न आग्रह गर्दै यदि नगरेमा कार्यसुची अनुसार अविश्वास प्रस्ताव अगाडि बढाउने बताएकी थिइन्। 

सभामुख घर्तीले प्रधानमन्त्रीसँगको भेटमा आफ्नो पदीय हैसियतमा उठेका प्रश्न र शंकाका बारेमा स्पष्ट पारेको पत्रकारहरुसँग बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.