|

बैतडी :  मलामी गएका बैतडीका एक किशोरको मंगलबार महाकाली नदीमा डुबेर मुत्यु भएको छ। शिवनाथ गाउँपालिका–१ कुँडका १७ वर्षीय महेश साउदको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

स्थानीयवासी ६० वर्षीय घनबहादुर साउदको मलामी गएका महेश मंगलबार बिहान साढे ११ बजेतिर नुहाउने क्रममा महाकाली नदीको डिम्बर घाटबाट बेपत्ता भएका थिए। बेपत्ता किशोरको करिब पाँच घण्टापछि अपराह्न साढे ४ बजेतिर डुबेको केही तल नदीमै मृतावस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीले शव निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.