|

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटर खरिद प्रक्रिया अघि बढाएको छ। जिल्लामा भेन्टिलेटर एउटा पनि नभएको अवस्थामा नगरपालिकाले खरिदका लागि कार्यपालिकाको बैठकबाट निर्णय भेन्टिलेटर खरिद प्रक्रिया अघि बढाएको हो।

नगरपालिकाले सामुदायिक अस्पताल मिसनमा रहेको कोभिड १९ केयर युनिटमा राख्ने गरी एक थान भेन्टिलेटर किन्न लागेको हो। सरकारी खरिद प्रक्रिया झन्झटिलो रहेको र भेन्टिलेटर बजार सहज उपलब्ध नहुने परिस्थिति रहेकाले समय लाग्न सक्ने नगरपालिकाका सूचना अधिकारी नइन्द्र राज राज राईले जानकारी दिए।

अक्सिजन प्लान्टसहितको २० शैय्याको कोभिड उपचार केन्द्र तयार रहेकाले भेन्टिलेटर  सामुदायिक अस्पताल मिसनमा राख्ने निर्णय गरेको छ।

अक्सिजन प्लान्टका लागि आएको बजेट फिर्ता

रुम्जाटारमा रहेको सरकारी अस्पतालमा भने अन्तरिक विवादले अक्सिजन प्लान्ट खरिद गर्ने बजेटसमेत खर्च नभएर दुई पटक फिर्ता भएको छ। यो वर्ष राख्न नसकिने भनेपछि मन्त्रालयबाट तोकिएको ५० लाख बजेट कटौती गरिएको छ।

अघिल्लो वर्षसमेत यस्तै समस्या आएको र काम अगाडि बढाउन नसकिएको अस्पतालका एक कर्मचारीले बताए। उनका अनुसार मन्त्रीको दवावमा सिनियर कर्मचारी काजमा पठाएर जुनियरलाई कार्यालयको जिम्मा दिँदा समस्या आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.