|

भक्तपुर : नयाँ शक्ति पार्टी नेपालबाट निष्कासित नेताहरुले छुट्टै राष्ट्रिय भेला बोलाएका छन्। मंगलबार रफत सञ्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गरेर उनीहरुले बुधबार भक्तपुरमा राष्ट्रिय भेला बोलाइएको जानकारी दिए।

भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झण्डै एक हजार प्रतिनिधि सहभागी हुने भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले दाबी गरे।

पार्टी संयोजक डा. बाबुराम भट्टराई विदेशीको इसारामा स्थानीय निर्वाचनको विरोध गर्दै मधेसी दलहरुको लाइनमा गएकाले आफूहरुले त्यसको विरोध गरेको उनको भनाइ छ। पार्टी हितविपरीत गतिविधिमा सक्रिय रहेको भन्दै नयाँ शक्तिले भट्टराईसहित ४ जना केन्द्रीय परिषद् सदस्यलाई सोमबार निष्कासन गरेको थियो।

पत्रकार सम्मेलनमा नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मगरातीले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरे।

आफूहरु स्थानीय चुनावमा पनि सहभागी हुने भट्टराईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.