|

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ३२ जिल्लाको मतपत्र छपाई सकेको छ। केही दिनमै बाँकी जिल्लाका लागि आवश्‍‍यक मतपत्र छापेर वैशाख १४ गतेसम्म सबै मतपत्र जिल्ला-जिल्लामा पठाउने आयोगको तयारी छ।

१ करोड ४० लाख मतदाताका लागि  निर्वाचन आयोगले १ करोड ६० लाख मतपत्र छाप्‍नेछ। चुनावका लागि दातृ निकायबाट सहयोग आउने क्रम सुरु भएको छ। निर्वाचन प्रयोजनका लागि यूएनडीपीले ८ सय थान कम्प्युटर प्रदान गर्दैछ।

आयोगले निर्वाचनमा प्रयोग हुने मसीका लागि पनि यसअघि दातृ निकायबाट सहयोग लिने गरेको थियो। तर यसपटक सरकारकै खर्चमा मसी खरिद हुनेछ। त्यसका लागि टेन्डर आव्हान भैसकेको छ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनले निर्वाचनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चीनबाट १३ करोड रुपैयाँ बराबरको  स्टेशनरीसहितका अन्य मसलन्द सामाग्री नेपाल आउने तयारीमा रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.