|

कालिकोट : साविकको कर्णाली अञ्चलका डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटमा रहेका ६ वटा नगरपालिकाभन्दा कालिकोटमा रहेको नरहरीनाथ गाउँपालिकाको जनसंख्या सबैभन्दा बढी रहेको छ। गाउँपालिका निर्माण गर्दा ५ वटा गाविसको एउटै गाउँपालिका बनाउँदा जनसंख्या बढी भएको हो।

डोल्पाको ठूली भेरी नगरपालिकाको ८ हजार ३ सय ७०, जुम्लाको चन्दननाथ नगरपालिकाको १९ हजार ४७, कालिकोटका तिलागुफा नगरपालिकाको १५ हजार ७ सय ६६, रास्कोट नगरपालिका १६ हजार २ सय ७२, खाँडाचक्र नगरपालिकाको २० हजार २ सय ८८ र मुगुको छायानाथ नगरपालिकाको २० हजार २८ जनसंख्या रहेको छ भने कालिकोटको नरहरीनाथ गाउँपालिकाको जनसंख्या २१ हजार ३ सय ६६ रहेको छ।

साविकको लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटबाडा गाविसलाई एकै गाउँपालिका बनाउँदा जनसंख्या बढी भएको नेपाल बार एसोसियन कालिकोटका अध्यक्ष हिक्मतबहादुर विष्टले बताए। ‘पहिला पनि उच्च जनसंख्या भएका गाविस हुन्।’ उनले भने, ‘पाँच वटा गाविस एउटै हुँदा जनसंख्या बढी हुनु स्वाभाविकै हो।’

कालिकोटमा नगरपालिका बनाउने जोडबाजी नै चलेको र जनसंख्या, सेवा सुविधा कम भए पनि नगरपालिका बनाउने जोडबाजीका कारणले कुनै गाउँपालिकाभन्दा नगरपालिका जनसंख्या कम हुन गएको समाजसेवी चन्द्रप्रसाद कोइरालाले बताए। ‘नगरपालिका बनाउने होडबाजीका कारणले जनसंख्याका आधारमा भन्दा पनि होडबाजीका आधारमा नगरपालिका कायम भएका छन्।’ उनले भने, ‘कुनै गाउँपालिकाको जनसंख्या उच्च रहेको छ।’

नगरपालिकामा कुनै ठाउँमा भीर पाखा कुना कन्दरा पर्न गएका कारणले स्थानीयवासीले सेवा सुविधा लिन पनि अप्ठयारो हुने कोइरालाले बताए। ‘कुना कन्दरामा नगरपालिका घोषणा गरियो।’ उनले भने, ‘यसले गर्दा सेवा सुविधा लिन अप्ठयारो भएको छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.