|

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य समितीको बैठकले संविधान संशोधन विधेयकमा रहेको सिमाङ्कन बाहेकको विषयलाई अगाडि बढाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा ती‍न दिनदेखि जारी बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य रमेश रिजालले दलीय सहमति भए हालकै विधेयकलाई पारित गराउने त्यो संभव नभए सीमाङ्कन बाहेकको विषयलाई राखेर विधेयक पारित पास गराउनुपर्ने पक्षमा पार्टीले निर्णय गरेको बताए।

सीमांङ्कनको विषय संघीय आयोग गठन गरि टुंग्याउने विषयमा विकल्पसहित दलीय सहमति खोज्ने निर्णय भएको जानकारी उनले दिए। उनले संविधान संशोधन विधेयकमा सहमति नभएपनि त्यसलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय पार्टीले गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.