काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। तीन जनाको भेरी अस्पतालमा र एक जनाको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।
भेरी अस्पतालमा बर्दियाका ४२ वर्षीय पुरुष,५८ वर्षीय महिला र सल्यानका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै, दाङकी ४२ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वलीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।