|

ओखलढुंगा : ओखलढुंगामा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय नजिक पुगेको छ। सोमबार जिल्लामा आज १९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या ६ सय ८६ पुगेको हो। 

स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले दिएको जानकारी अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा सिद्धिचरण नगरपालिकाका ९ जना, चिशंखुगढी गाउँपालिकाका ६ जना, मानेभञ्ज्याङ गाउँपालिकाका १ जना र मोलुङ गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ। एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा संक्रमितको संख्या ६ सय ८६ पुगेको छ।

जिल्लामा पीसीआर र एन्टिजेन दुवै विधिबाट कोरोना परीक्षण भइरहेको छ। स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म २ हजार १ सय ३ जनाको कोरोना परीक्षण गरिएको छ।

जसमा १ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २४ जना संक्रमित देखिएका छन् भने एन्टिजेन विधिबाट ४ सय ५० जनाको परीक्षण गर्दा १ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ।

यस तथ्यांकमा ३ जनाको भने पीसीआर र एन्टिजेन दुवै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयको भनाइ छ। ओखलढुंगामा हाल सम्म संक्रमितमध्ये  ५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.