|

काठमाडौं : दश वर्षअघि घुमघामको सिलसिलामा नेपाल आएकी फ्रान्सेली किशोरी फ्लयोन, त्यसपछि फ्रान्स फर्किइनन्। उनलाई नेपाल र नेपालीको मायाले मात्र तानेन, उनी नेपाली किशोरसँग प्रेममा परिन् र यतै घरजम गरेर बसिन्। काभ्रे चिमालका खड्गबहादुर लामासँग विवाह गरेकी उनकी एउटी छोरी छन्। ‘खड्ग र छोरी हाल फ्रान्समा छन्। म आउने–जाने गरिरहन्छु’, उनले भनिन्।

फ्लयोनले नेपाली नाम पनि राखेकी छन्, कमला लामा। भन्छिन्, ‘फ्रेन्च भाषामा फ्लोयोन भने भनेको फूल हो, मैलेचाहिँ कमलबाट कमला बनाएँ। कमल भनेको फूल नै त हो नि, हैन?’ नेपाली र तामाङ भाषा फररर बोल्ने कमला दुवै भाषाको पुस्तक पनि सहजै पढ्न सक्छिन्। ‘बोल्ने–लेख्ने मात्रै हो र! म त आजकल सपना पनि तामाङ भाषामै पो देख्छु त! तामाङसँग घरजम गरेकाले होला, मलाई नेपालीभन्दा तामाङ भाषा बढी सहज लाग्छ’, उनले भनिन्।

उनै कमला अन्तवार्ताको लागि गत साता थाहा सञ्चार नेटवर्कको स्टुडियो आएकी थिइन्। विश्व भाषा क्याम्पसमा नेपाली भाषाकी विद्यार्थीसमेत रहेकी कमलाले तामाङ भाषाको कार्यक्रम ‘छोर्ङानला काई’मा आफ्नो नेपाल अनुभव मात्र सुनाइनन्, तामाङ गीत पनि गाइन्। प्रस्तोता सञ्चु ब्लोनले फेसबुकमा शेयर गरेको उनको भिडियो तीन दिनमै ५० हजार पटक हेरिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.