|

  • मेगराज खड्का-

रुकुम : रुकुम मुसीकोट नगरपालिका १२ बैरागीठाँटी नजिकैको साखखोलामा रहेको बेलिब्रिज पुल जीर्ण बन्दै गएको छ। २०५९ सालतिर द्वन्द्वको समयमा पक्की पुल निर्माण गर्न लामो समय लाग्ने र माओवादीले भत्काउन सक्ने भएपछि तत्काल केही वर्षका लागि भनी बेलिबिज्र राखेर यातायात सञ्चालनमा ल्याइएको थियो।

उक्त बेलिबिज्र जीर्ण बन्दै गएपछि हाल ठूला मालवाहक सवारी जोखिमपूर्ण तरिकाले वारपार भइरहेका छन्। केही वर्षका लागि निर्माण गरिएको बेलिबिज्र दशक बित्दा पनि पुनर्निर्माण नगरिँदा दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको स्थानीय राज गौतमले बताए।

‘खोला नियन्त्रणको न्यूनतम मापदण्ड पूरा नभएको र कमजोर जगका कारण जोखिमपूर्ण छ’ स्थानीय गौतमले भने, ‘पुलको क्षमता भन्दा बढीका सवारी साधनहरु सञ्चालन गर्दा पनि पुल झन छिटो जीर्ण बन्दै गइरहेको छ।’

पुलको नटबोल्डमा लागेको खियाका कारण फलामे पाता उप्किएको छ। क्षमताभन्दा बढी सामान भएका सवारी आवातजावत तथा गुणस्तरहीन फलामे पाता प्रयोग हुँदा पुल जीर्ण बन्दै गएको भएपनि सरोकारवाला निकायहरुले चासो दिएका छैनन्।

पातामा खिया लागेर पातलो हुँदै गएपछि बीचबीचमा प्वालसमेत परेका छन्। सानो गाडी वारपार हुँदासमेत पुल हल्लिने तथा आवतजावत गर्दा निकै ठूलो आवाज निस्कने गरेको छ।

पुलको मर्मतसम्भार समयमै नभए ठूलो दुर्घटना हुने सम्भावना भावना समेत देखिन्छ। बढी लोड भएका गाडी वारपार गर्दा पुल लच्किने समस्या रहेको छ। पुलमा दैनिक १ सयभन्दा बढी सवारीका साधनहरु आवतजावत गर्ने गरेको स्थानीयको भनाइ छ। पुलको मर्मतसम्भारका लागि सरकारी निकायमा पटकपटक ध्यानाकर्षण गराएको कसैले वास्ता गरेका छैनन्।

सरोकारवाला निकायहरुको तत्काल पुल मर्मत थाल्नुपर्ने स्थानीय राज गौतमले आग्रह गरे। मोटर पुलको आरसीसी गरेर त्यसमाथि फलामे पाता प्रयोग गर्नुपर्नेमा फलाममात्र रहेकाले जोखिमपूर्ण झनै बढेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.