|

गुल्मी : चुनावी कार्यक्रममा भाषण गरेका  कारण  गुल्मीका सामुदायिक विद्यालयका ५ शिक्षकको जागिर गएको छ।जिल्लाका चुनावी कार्यक्रममा भाषण गरेका कारण  १३ जना शिक्षकहरुलाई कारबाही गरिएको जसमध्ये ५ जना शिक्षकलाई जागिरबाटै निकाल्न परेको गुल्मीका जिशिअ मित्रमणि खनालले जानकारी दिएका हुन्।

 जनताको करबाट तलब खाने शिक्षकहरुले चुनावी सभामा भाषण छाँट्दै विद्यार्थीहरुको पढाइमा बाधा पुर्‍याए विद्यार्थी संगठन र जनस्तरबाट समेत दबाब दिइनुपर्ने अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्रविक्रम कुँवरले बताए। उनले यो विषयलाई जोडका साथ उठाउन सञ्चार माध्यमलाई आग्रह गर्दै आफ्नो संगठनको साथ रहने बताए। निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गुल्मीका केही शिक्षकहरु आ–आफ्नो राजनीतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरिरहेको सम्बन्धमा जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ।

खनालले भने, ‘हामीले विभिन्न उजुरी भिडियोहरुको आधारमा कारबाही गरेका छौं उनीहरुको नाम ठेगाना केही दिनमै सार्वजनिक गरिने छ।’ शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुबाट आफूलाई ठूलो दबाब आएको समेत जिशिअ खनालले दुखेसो गरे। 

सरकारी शिक्षकहरुले भाषण गरेको स–प्रमणसहित सम्बन्धित विषयविरुद्ध उजुरी परे कारबाही गरिने जिल्ला शिक्षा अधिकारी खनालले बताए। उनका अनुसार निर्वाचन आचरसंहितामा सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाइँदैन। भाषण गरेको पाइए निर्वाचन आयोगमा जो कोही नागरिकले तस्बिर वा भिडियोसहित उजुरी दिए डेढदेखि दुई लाखसम्म जरिवाना लगायतको कारबाही हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.