|
फाइल तस्बिर

सिमकोट : अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पु¥याएको छ। सिमकोट गाउँपालिका–३ मा पहिरोले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए।

घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए। सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्ण देखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए। 

भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ। पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए। घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ। यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो। 

प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ। क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन। बाढी पहिरोले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो गएको छ। लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.