|

काठमाडौं : नेपाल टेलिकम (एनटिसी)को मोबाइल फोन सेवा अवरुद्ध भएको छ।

विहानैदेखि देशभर एनिटीसीका प्रिपेड तथा पोष्टपेड नम्बरमा फोन लागिरहेको छैन। टेलिमकमका अनुसार प्राविधिक समस्या देखिएकाले फोन नलाग्ने भएको हो । एनसेलका नम्बर र ल्याण्डलाइन बाट समेत एनटिसीका नम्बरमा फोन लागेको छैन।

एनटीसीबाट एनसेलका नम्बरमा भने फोन गइरहेको छ। एनटिसीको मोबाइल नलाग्दा सेवाग्राही समस्यामा परेका छन्। समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकम कार्यालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.