|

काठमाडौं : निर्वाचन आयोगबाहिर धर्ना दिन गएका नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई सहितका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ दललाई आफ्नो चुनाव चिन्हबाट वञ्चित गर्न लागिएको भन्दै विरोध प्रदर्शन गर्न गएका नयाँ शक्ति नेपालका संयोजक भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल, नेताहरु हिसिला यमी, परशुराम तामाङ, रामकुमार शर्मा, सांसद गंगा चौधरी लगायत ५०/ ६० जना नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनस्थलबाट ट्रकमा राखेर लगेको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।

पक्राउ परेका आन्दोलनकारीलाई नेपाल प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.