|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शेखर गोल्छाको प्यानलले उम्मेदवारी दर्ता गरेका छन्। आइतबार दिउँसो महासंघको टेकुस्थित कार्यालयमा पुगेर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, जिल्ला नगर उपाध्यक्ष दिनेश क्षेष्ठ, एसोसिएट उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगत उपाध्यक्ष उमेश श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले उम्मेदवारी दर्ता गराएका हुन्।

महासंघको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको मात्र उम्मेदवारी घोषणा भएको छ। काठमाडौंको त्रिपुरेश्वरको द बेकरी क्याफेमा भेला भएर गोल्छाको प्यानलले टेकुस्थित महासंघको कार्यालयसम्म पैदल गई उम्मेदवारी दर्ता गराएको हो। महासंघको अधिवेशन चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ। महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले पनि उम्मेदवारी दिँदैछन्। उनको प्यानलले भने सोमबार दर्ता गराउने तयारी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.