|

ओखलढुङ्गा : खिजिदेम्बा गाउँपालिका–५ मानेडाँडाकी एक एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। २६ वर्षीया ल्हमु शेर्पाको राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

केही दिनदेखि प्रशव पीडासँगै मानसिक समस्याबाट समेत ग्रसित भई घरमै छट्पटाइरहेकी शेर्पालाई खिजी फलाटेको कोभिड अस्पतालमा प्रसूतिका लागि पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि शनिबार अपराह्न हेलिकोप्टरबाट काठमाडौं लगिएको हो।

बिरामीको अवस्था जटिल भएपछि खिजिफलाटे अस्पतालमा प्रसूति गराउन नसकेपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा गर्भवती शेर्पालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अस्पताल पठाइएकोे गाउँपालिकाका स्वास्थ्य प्रमुख इन्द्रप्रसाद गौतमले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.