|

जाजरकोट : बस दुर्घटनाका घाइतेहरुको उपचारको माग गर्दै अनिश्चित कालका लागि जाजरकोटमा यातायात बन्द गरिएको छ। २६ फागुनमा यात्रुबाहक बस भेरी नगरपालिका ४ बोहरामा भएको दुर्घटनाका घाइतेहरुको उपचारमा ध्यान नदिएको तथा मृतकका परिवारलाई राहत नदिएको भन्दै पीडितका आफन्तहरुले अनिश्चित कालका लागि यातायात गरेका हुन्।

घाइतेहरुलाई उपचार गर्नमा विलम्ब गरेको तथा मृत्तकका आफन्तलाई राहत नभएको भन्दै घाइतेका आफन्तहरुले आइतबारदेखि  जिल्लाबाट बाहिरीने र भित्रिने यातायातका सवारीसाधन चल्नमा रोक लगाएको घाइतेका आफन्त एवं संघर्ष समितिका  संयोजक दलवीर गिरीले जानकारी दिए।

बन्दका कारण जिल्लाबाट बाहिरिने र भित्रिने सवारीसाधन ठप्प भएपछि जाजरकोटका स्थानीय मर्कामा परेका छन्। घाइतेको शीघ्र उपचारको व्यवस्था तथा पीडितलाई तत्काल राहत उपलब्ध गराउनेबारे सम्बन्धित सरोकारवालाहरुलाई बोलाएर  छलफल गरी समाधान निकाल्ने जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए। 

२६ फागुनमा जाजरकोटको सदरमुकाम खलंगाबाट पश्चिमको छेडागाड नगरपालिका १ खारा सम्मका लागि छुटेको ना. ३ ख. २२७९ नम्बरको बस छिन्छु—जाजरकोट सडकअन्तर्गत भेरी नगरपालिका ४ बोहरामा दुर्घटना भएको थियो। दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो। ३५ जना घाइते भएका थिए। तीमध्ये २९ जनाको सफल उपचारपश्चात आ–आफ्नो घर फर्किसकेका छन्। बाँकी ६ जनाको भने उपचारत रहेका छन्।

बस दुर्घटनामा घाइते भएका भेरी नगरपालिका ११ का सन्तोष मल्ल र भेरीनगरपालिका १२ का प्रताप गिरी टिचिङ हस्पिटल काठमाडांैमा  रहेका छन्। यसैगरी नेपालगञ्ज बाँकेको मेडिकल कलेजमा जुनीचाँदे गाउँपालिका १ का टोपबहादुर चन्द र तुले तिरुवा रहेका छन्। यस्तै उपचारकै क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्ज बाँकेमा छेडगाड नगरपालिका ८ का डिला दमाईं र बिएनबी हस्पिटल काठमाडौंमा भेरी नगरपालिका १३ का सुजन गिरीको उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.