|

बैतडी : पारिश्रमिकको माग गर्दै अनसनमा बसेका सडक मजदुरको स्वास्थ्यमा समस्या देखिएको छ। गत शुक्रबारदेखि अनसनमा बसेकामध्ये लक्ष्मी पन्त मंगलबार बिहान बेहोस भएको जयराम भुलले बताए। लक्ष्मीलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा भर्ना गरिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।

बैतडीको पाटन–पञ्चेश्वर सडकमा काम गर्ने सडक मजदुरहरु २१ महिनादेखि तलब नपाएको भन्दै गत शुक्रबारदेखि पाटनमा अनसन बसिरहेका छन्। आफूहरुले २०७६ असोजदेखि पारश्रमिक नपाएको जयराम भुलले बताए। माग पूरा नहुँदा सम्म अनसन नतोड्ने लालसिंह ठगुन्नाले बताउँछन्।

तलब माग गर्दै जाँदा दिलाउँछौ भन्ने आश्वासन दिए पनि तलब नपाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको जयराम बताउँछन्। ‘हामीहरुलाई सरकारले धेरै ढाँटेको छ र हेपेको छ,’ उनले भने, ‘अब तलब नपाउँदासम्म अनसन  तोड्दैनौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.