|

गोरखा : गण्डकी प्रदेश सरकारमा दुई बिनाविभागीय मन्त्रीले भोलि पदभार ग्रहण गर्ने भएका छन्।

सरकारका प्रवक्ता समेत रहेका सामाजिक बिकास मन्त्री कुमार खड्काले ‘आइतबार प्रदेशसभा बैठक सुरु हुनुअघि राजिव गुरुङ (दिपक मनाङ्गे) ले युवा तथा खेलकुद मन्त्रालय र जसपाका हरिशरण आचार्यले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको पदभार ग्रहण गर्ने सहमति भएको जानकारी दिए।

मन्त्री मनाङ्गे र जसपाका आचार्यलाई दिने भनेको मन्त्रालयमा कांग्रेस र माओवादीले पनि दाबी गर्न थालेपछि सत्ता साझेदार दलहरुबीच किचलो शुरु भएको थियो।

मन्त्रालयको जिम्मेवारीको किचलोकै कारण हालसम्म गण्डकीमा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। मनाङ्गेले ठग्नलाई सबैले भौतिक मन्त्रालय ताक्ने गरेको बताए।

‘मुख्यमन्त्रीलाई तपाइहरु र माओवादी मिलेर खानुस् भन्दिँए। ‘पृथ्वी सुब्बा दाइले विश्वास गरेर दिएकैमा लिन्छु, अरु लिएर बदनाम कमाउँदिन’ उनले भने। मनाङ्गे यसअघिकाे सरकारमा पनि युवा तथा खेलकुद मन्त्री नै थिए। 

यसअघि मनाङ्गे र आचार्यले आफुहरुसँग गरेको सहमति  अनुसार रोजेको मन्त्रालय नपाएका कारण भोलि पदभार ग्रहण गर्ने भनेको मन्त्रालयमा नजाने अडान राखेका थिए।

गत असार ११ गते मुख्यमन्त्री पोखरेलले गण्डकीमा सबै विनाविभागीय मन्त्रीलाई कार्यभार दिने निर्णय गरेका थिए।

सोही निर्णय अनुसार असार १३ गते कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पदभार समालेका थिए। मुख्यमन्त्री पोखरेलले मनाङ्गेलाई भौतिक मन्त्रालय र जसपालाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.