|

अर्घाखाँची : नेकपा (एमाले) का स्थायी समिती सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनादेशबाट अस्वीकृत भएको नेपाली कांग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको तर्क गरेका छन्।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट पोखरेलले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन्।

पोखरेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहस्य थप खुल्दै जाने पनि जिकिर गरेका छन्। नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जाने लेखेका हुन्।

पोखरेलले लेखेका  छन् ,‘जनादेशबाट अस्वीकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहस्य क्रमश पटाक्षेप हुँदै जानेछ। किनकि नाटक अझै सकिएको छैन।’

फेसबुकमा पोखरेलको स्टाटस :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.