|

अर्घाखाँची : हत्या गरि फरार अर्घाखाँची पाणिनी-५ का ४२ वर्षीय हुमबहादुर रास्कोटीलाई १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वाड नम्बर १ उप्टहवामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले मगंलबार दिउँसो उनलाई पक्राउ गरेको हो। 

२०६४ साल कार्तिक २६ गते जिल्लाको पाणिनि गाउँपालिका वाड नम्वर ५ का वर्ष २१ का नारायण सूर्यवंशीलाई उनकै घरमा रास्कोटीसहित तीन जनाले कुटपिट गरी हत्या गरेको उनीमाथि आरोप छ।

घटनामा संलग्न सोही स्थानका ४८ वर्षीय गनबहादुर खाम्चाकी  र सोही स्थानकै ४२ वर्षीय चोकबहादुर खाम्चाकी फरार रहेका प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

घरायसी विषयमा भनाभन हुँदा  सहन नसकी कुटपिट गरिएको प्रहरीसँग रास्कोटीले स्विकार गरेका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए।

पक्राउ परी हिरासतमा रहेका रास्कोटीलाई अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.