|

अर्घाखाँची : पहिरोका कारण अवरुद्ध भएको गोरूसिंगे सन्धिखर्क सडकखण्ड सञ्‍चालनमा आएको छ। बुधबार राति सडक खण्डको शीतगंगा १२ बसेरीको आसपासमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक सन्दीप बेल्बासेको कमान्डमा, प्रहरी सई सालिकराम खनालसहित ८ जनाको प्रहरीको टोली र सडक विभागको अथक प्रयासपछि सडक सञ्‍चालनमा आएको हो।

अहिले सडक सुचारू भएपछि दर्जनौं रोकिएका सवारीसाधन, मालवाहक साधन, एम्बुलेन्स लगायतका गाडी आफ्नो गन्तव्यमा लागेका छन्। माथिबाट खसेको पहिरो हटाउन  सडक विभागको एउटा जेसिबीले समय लागेपछि करिब ६ घण्टापछि सडक सञ्‍चालनमा आएको हो।  माथिबाट पहिरो खसेपछि बिहीबार बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.