|

ओखलढुंगा : यहाँस्थित जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल ओखलढुंगाको सेवा अनिश्चितकालीन बन्द भएको छ। अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई नै कोरोना संक्रमण भएपछि साउन १ गतेदेखि अर्को  सूचना जारी नभएसम्मका लागि आपतकालीन सेवाबाहेकका अन्य सेवाहरु बन्द भएको हो।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै संक्रमित डाक्टर तथा कर्मचारीको कन्ट्र्याकट्रेसिङमा आएकाहरुलाई समेत संक्रमण हुनसक्ने भएका कारण महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै अस्पतालको सेवाहरु बन्द गरिएको बताएको छ।

जिल्लामा गरिएको एन्टीजेन परीक्षणबाट जिल्ला अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ नर्सिङ स्टाफ, २ जान भान्छे र १ जना कार्यालय सहयोगि सहित ७ जना कर्मचारीमा कोरोना कोभिड पोजेटीभ देखिएका कारण आपतकालीन सेवाबाहेककका सबै सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उमा गुरुङले बताइन्।

अस्पतालमा अर्को सूचना जारी नभएसम्म सेवा अवरुद्ध भएको र यसबाट सर्वसाधरणमा पर्न गएको असुविधामा अस्पताल परिवार दु:खी भएको उनको भनाइ छ।

अस्पतालका डाक्टर नर्स तथा कर्मचारीमा संक्रमण भए पछि रुम्जाटार क्षेत्रम संक्रमणको त्रास बढेको स्थानीयको भनाइ छ। योसँगै जिल्लामा हाल कोरोना संक्रमितको कुल संख्या १ हजार ५ यस १९ पुगेको छ। संक्रमितमध्ये पुरुषको संख्या ८ सय ४६ जना र महिलाको संख्या ६ सय ७३ जना रहेका स्वास्‍थ्‍य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए।

उनका अनुसार  हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ। जसमध्ये ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २ सय ५८ जना होम आइसोलेसनमा रहेका छन्। जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.