|

अर्घाखाँची : प्युठानको माडी नदीमा बगेर  दुईजना बालिका बेपत्ता भएका छन्। नदीको किनारमा बाख्रा गएका उनीहरुलाई पौडी खेल्ने क्रममा नदीले बगाएको हो।

बेपत्ता हुनेमा झरेका सरुमारानी गाउँपालिका-४ का बोमबहादुर थापाकी छोरी आठ वर्षीया विपना र  नुमबहादुर थापाकी छोरी सात वर्षीया सर्मिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए। उनीहरुलाई सोमबार दिउँसो करिब ३ बजे नदीले बगाएको हो।  

मंगलबार बिहानैदेखि स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट खटिएका आठजना प्रहरीको टोलीले बेपत्ता बालिकाहरूको खोजी भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.