|

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७४ मा भाग लिने राजनीतिक दलको सूची सार्वजनिक गरेको छ। आयोगले सोमबार सार्वजनिक गरेको सूचीअनुसार बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा ८० दल सहभागी हुने छन्।

आयोगले फागनु १५ देखि १८ गतेसम्म निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न समय दिएको थियो। संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या ११० छ तर निर्वाचन प्रयोजनका लागि ८० वटा दलले मात्रै आयोगमा दल दर्ता गरेका हुन्।

निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको आधारमा आयोगले मतपत्र छाप्छ। ८० दल निर्वाचन आयोगमा दर्ता भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ मा संसदमा प्रतिनिधित्व गर्ने दलले मात्रै दलीय चुनाव चिन्ह पाउने व्यवस्था छ। ८० दलमध्ये २६ दल संसदमा सहभागी छन्। आयोगको सूचीमा रहेका ८० मध्ये ५४ दलले स्वतन्त्र चुनाव चिन्ह पाउँनेछन्।

संविधान संशोधन अघि स्थानीय तह निर्वाचनमा सहभागी नहुने घोषणा गरेका मधेसी मोर्चाआवद्ध दलहरुदेखि निर्वाचन बिथोल्ने घोषणा गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्म आयोगको सूचीमा छन्।

हेर्नुहोस् दलहरुको सूचीः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.