|

लहान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान विपरीत चुनाव गराउन लागेको बताएका छन्। संघीय समाजवादी फोरम सिरहाले लहानस्थित पशुपति आदर्श मा.वि प्रङ्गणमा आयोजना गरेको जनसभामा अध्यक्ष यादवले  संघीय संरचनामा प्रादेशिक सरकारलाई मात्रै स्थानीय तहको चुनाव गराउने अधिकार भएको बताए। उनले केन्द्रीय सरकारले स्थानीय तहको चुनाव गराउन नसक्ने दाबी गरे।

अध्यक्ष यादवले संविधान संशोधन नभएसम्म चुनाव असंभव रहेको बताए। उनले शान्तिपूर्ण रुपले संविधान संशोधनमार्फत् मधेशी, दलित, मुस्लिम, थारु, आदिवासी जनजातीहरुलाई अधिकार सम्पन्न बनाउन आग्रह गरे।

उनले जनसंख्या अनुसार मधेसमा स्थानीय तहको पुनर्संरचना गर्नुपर्ने बताए। ‘मुलुकको आधा भन्दा बढी जनसंख्या बस्ने तराई मधेसमा दुई सय ६५ तर आधाभन्दा पनि कम जनसंख्या रहेको पहाड र हिमालमा चार सय ६९ वटा स्थानीय तह कायम गरिनु राजनीतिक रुपले मधेशमाथिको धोका हो,’ उनले भने,‘त्यसैले जनसंख्या अनुसार मधेसमा स्थानीय तहको पुनःसंरचना नसच्याएसम्म मान्दैनौं,’ उनले भने।

कार्यक्रममा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सह-महासचिव राजकुमार  गुप्ता ‘राजु’सहित थुप्रै कार्यकर्ता फोरममा प्रवेश गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.