|

काठमाडाैं : नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले गणतन्त्र, धर्म निरपेक्षता तथा समावेशितालगायत राजनीतिक उपलब्धिको विषयमा अन्यथा सोच्ने बेला नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उनले यी संविधान सभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धि भएकोले यसबारे अन्यथा सोच्न नहुने बताए। यद्यपि लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुनसक्ने उनको तर्क थियो।

नेम्बाङले भने, ‘यो मेरो व्यक्तिगत राय हो। अरू कसैलाई अरु राय लागेको हुन सक्छ। त्यसैले त यो लोकतन्त्र हो। अझै संविधानसभाले बनाएको संविधानअन्तर्गत स्थापित मूल्य र मान्यताहरू देशमा छन्। त्यसैले यो लोकतन्त्रमा त छलफल जुनसुकै विषयमा हुन सक्छ। तर मलाई लागेको के हो त भन्दा यी त हामीले ल्याएका राम्रा उपलब्धीहरू हुन्। ती उपलब्धिबारे अहिले अन्यथा सोच्ने बेला भइसकेको छैन कि भन्ने मलाई लाग्छ।’

नेता नेम्बाङले नेकपा एमालेलाई एकताबद्ध बनाउन आफुहरू लागिरहेको पनि बताए। उनले पार्टीभित्र एमाले एकताको विपक्षमा कोही नभएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.