|

दाङ : दाङमा भैँसीले घिसार्दा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बबई गाउँपालिका- ६ बुटकेवामा भैँसीले घिसार्दा २६ वर्षीय कौशिला चौधरीको मृत्यु भएको हो।

चराएर ल्याउपछि पानी खुवाउन लाग्दा दाम्लो समातेका बेला भैँसी दौडिएको थियो। त्यसक्रममा घिसारिएर गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि तुलसीपुरतर्फ ल्याउँदै गर्दा निधन भएको स्थानीय प्रकाश चौधरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.