|

सुर्खेत : पछिल्लो समय सुर्खेतमा मानसिक रोगका बिरामीहरुको संख्या ह्वात्तै बढेको छ। सुर्खेतमा पछिल्लो ८ महिनाको अवधिमा मात्रै ३ सय २८ जना मानसिक रोगीहरु भेटिएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले ३ सय २८ जना मंगलबार ३ सय २८ जना  मानसिक रोगीहरु उपचार गराइरहेको जानकारी दिएका हुन्। अहिले सुर्खेतमा ३ वटा स्वास्थ्य चौकीहरुमा मात्रै मानसिक रोगको परीक्षण उपचार हुँदै आएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र सालकोट, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर र प्राथमिक स्वास्थ्य केन्द्र मेहेलकुनामा मात्रै ८ महिनाको अवधिमा ३ सय २८ जना बिरामीहरु सम्पर्कमा आएको ज्ञावलीले जानकारी दिएका छन्। उनका अनुसार मानसिक रोग लागेकामध्ये १५ देखि २० प्रतिशतले आत्महत्या गर्ने गरेको पाइएको छ।

सुर्खेतमा ११ देखि २० वर्षसम्म उमेर समूहका १३ प्रतिशत महिला र १० प्रतिशत पुरुषहरुमा मानसिक रोगको लक्षण देखा परेको छ। मानसिक रोग पुरुषका तुलनामा महिलामा धेरैलाई हुने गरेको भए पनि आत्महत्यामा पुरुषको संख्या नै बढी रहेको जनस्वास्थ्य प्रमुख ज्ञवालीको भनाइ छ।

नेपालका ५ विकास क्षेत्रमा सबैभन्दा धेरै मानसिक रोगीहरु मध्यपश्चिमाञ्चल र सूदुरपश्चिमाञ्चल क्षेत्रमा बढी भेटिएको भन्दै उनले भौगोलिक विकटताका कारण समयमै मानसिक रोगी स्वास्थ्य सेवा लिनबाट वञ्चित रहँदै आएको भन्दै ज्ञवालीले समाजमा बढ्दै गएको घरेलु तथा लैंगिक हिंसा, जातीय विभेद, लागुऔषध दुव्र्यसनी, दाइजो लगायतका सामाजिक कुप्रथाका कारण मानसिक रोगीको संख्या बढेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.