|

 गुल्मी : स्थानीय तह निर्वाचनको सुरक्षाको लागि गुल्मीबाट ८ सय २० जना म्यादी प्रहरीमा छनोट भएका छन्। कुल १९ सय ९३ जना आबेदन मध्येबाट ६ सय ८२ जना पुरुष १ सय ३८ जना महिला छनोट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

 म्यादी प्रहरीका लागि १ सय २३ जना वैकल्पिकमा राखिएको नेपालले जानकारी दिए। कुल संख्यामध्ये १७ सय २० जना पुरुष र २ सय ७३ जना महिलाले आवेदन दिएका थिए। गुल्मीमा जिल्लाको सदरमुकाम तम्घास र इलाका प्रहरी कार्यालय रिडीमा आवेदन दिने व्यावस्था गरिएको थियो।

जिल्लाका लागि आवश्यक पर्ने संख्याको आधारमा छनोट गरिको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए। म्यादी प्रहरीमा भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष भित्रका  पुरुष महिलाले आवेदन दिन सकिने व्यवस्था थियो। म्यादी प्रहरीका लागि चैत २५ गतेबाट तालिमको व्यवस्था गरिएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.