|

काठमाडौं : लेखक मिलन संग्रौलाको नयाँ उपन्यास सार्वजनिक भएको छ। बुधबार प्रज्ञाप्रतिष्ठानको डबलीमा 'पर्पला कन्सर्ट' गरेर उपन्यास सार्वजनिक गरिएको हो। उपन्यास लेखक स्वयम्, गायक सुगम पोखरेल, गायीकाहरु रेखा शाह र मिलन आमात्य अनि प्रकाशक भुपेन्द्र खड्का र पवन आचार्यले सार्वजनिक गरे।

गीति कन्सर्टमा गायक पोखरेलले 'म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्…' पुस्तक सार्वजनिक कार्यक्रमका सहभागीलाई मनोरञ्जन दिएका थिए। त्यस्तै रेखा शाहले सिमसिमे पानीमा ज्यानले वेइमान गर्छौ कि जिन्दगानीमा गीतमार्फत सहभागीलाई नचाएकी थिइन् भने मिलन आमात्यले 'गाला रातै गाला रातै…'  बोलको गीत गाएर मनोरञ्जन दिइन्। गायक गायिकाले आफ्ना अध्ययन अनुभव पनि बाँडेका थिए।

पुस्तक विमोचनलाई उत्सवका रुपमा मनाउनका लागि कन्सर्टको आयोजना गरेको बुक हिलका प्रकाशनका प्रबन्ध निर्देशक पवन आचार्यले जानकारी दिए।

लेखक मिलन संग्रौलाले पर्पला लेख्दा सकस भएको जानकारी दिए। उनले दोस्रो कृति लेख्दा त्यस्तो छटपटी भएको र यो क्रम ३ वर्ष लागेको बताए। उनले पुस्तकबारे पाठकबाटै जान्न चाहेको बताए।

किशोर-किशोरीको प्रेममा आधारित 'पर्पला' उपन्यास बुकहिल पब्लिकेसनले प्रकाशित गरेको हो। यसको मूल्य ३१५ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.