|

सेतो मच्छिन्द्रनाथको रथ बुधबार असनबाट तानेर हुनमान ढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्ति भएको स्थानमा पुर्‍याइएको छ। यो रथलाई बिहीबार लगन पुर्‍याउने कार्यक्रम छ।

वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा मंगलबार तीनधारा पाठशालाबाट सुरु भएको हो। तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै मंगलबारअसन पुगेर सकिएको थियो। आज असनबाट रथलाई हनुमान ढोका लगिएको हो।

मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन्। 

फोटोमा हेर्नुस असन देखि वसन्तपुर सम्मको रथ यात्रा

फोटो : दिपक केसी / अनुज बज्राचार्य 
 




तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.