|

उदयपुर : गत २२ पुसमा उदयपुरको गहुँबारीमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा म्युजिक भिडियो निर्माण गरिएको छ। कटारीका स्थानीय संगीतिक क्षेत्रमा लागेका युवाहरुले दुर्घटनामा परी मृत्यु भएकाको सम्झानामा ‘खुसी के नै रह्यो र?’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन्।

स्थानीय युवा केशव बस्नेतले संकलन गरेको शब्द, अनिसा तामाङको थेगो र अम्मर जिसीको संगीतमा स्थानीय प्रकाश राउत र गायिका टीका पुनको सुमधुर आवाजमा रहेको छ। उक्त दुर्घटना घट्नास्थल गहुँबारी र कटारीको मरुवा खोला आसपासमा पनि छायांकन गरिएको म्युजिक भिडियोमा कृष्ण पौडेलद्वारा निर्देशित भिडियोको छायांकन सुजन श्रेष्ठले छायङ्कन गरेका हुन्।

आफन्त र गाँउलेको सम्झनामा शब्द संकलन गरी कुमार राउतको सहयोगमा म्युजिक भिडियो तयार पारेको निर्देशक कृष्ण पौडेलले बताए। दुर्घटनामा परी जिप मालिक तथा चालक टंक बस्नेत, भीमकुमारी राउत, लिलाबहादु कार्कीको मृत्यु भएको थियो भने अन्य ७ जना घाइते भएका थिए। मृत्यु हुने घाइते सबै एकै ठाँउका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.