|

काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा जयसिंह धामी बेपत्ता भएकोप्रति सभामुख अग्निप्रसाद सापकोटाले ध्यानाकर्षण गराएका छन्। 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले भने, ‘नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर मृत्यु भएकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ। त्यसको सत्यतथ्य छानबिन गर्न माग गर्दछु।’

घटनाका दोषीलाई कारबाही माग गर्दै यतिखेर व्यापक विरोध भइरहेको छ। गृह मन्त्रालयले आइतबार दार्चुला घटना छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। 

छानबिन समितिले दार्चुलामा अध्ययन गरेर फर्केको छ। १० दिनको समय दिएर गृह मन्त्रालयले छानबिन समितिलाई खटाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.