|

काठमाडौंः नेपालीको वार्षिक प्रतिव्यक्ति  उपभोग खर्च ७० हजार ६ सय ८० रुपैयाँ पुगेको छ।  केन्द्रीय तथ्यांक विभागले बिहिबार सार्वजनिक गरेको घरपरिवार सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति उपभोग खर्च ११ प्रतिशतले बढेको देखाएको छ। 

सर्भेक्षणअनुसार ग्रामीण घरपरिवारको वार्षिक औसत उपभोग खर्च २ लाख ४८ हजार ८ सय ९३ रुपैयाँ रहेको छ भने सहरी घरपरिवारको यस्तो खर्च ४ लाख ३१ हजार ३ सय ३७ रुपैयाँ रहेको छ ।

समग्र नेपाली घरपरिवारको वार्षिक औसत उपभोग खर्च ३ लाख २२ हजा ७ सय ३० रुपैयाँ रहेको छ । यस्तै, ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति उपभोग खर्च ५२ हजार ७ रुपैयाँ र सहरी क्षेत्रमा १ लाख १ हजार ६ सय ५९ रुपैयाँ रहेको विभागले जनाएको छ। ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब दोब्बर रहेको देखाएको छ। 

यस्तै, घरपरिवारको कुल उपभोग खर्च अघिल्लो वर्षको १६ खर्ब २२ अर्ब ४करोड रुपैयाँबाट २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले वृद्घि भएर १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। वार्षिक घरपरिवार सर्वेक्षण चौथो नतिजाअनुसार व्यक्तिगत उपभोग खर्च बढेको देखाएको छ।

सर्वेक्षणको लागि तथ्यांकीय  विधिबाट छानिएका सहरी क्षेत्रका १ सय ५०, गणनाक्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार तथा ग्रामीण क्षेत्रअन्तर्गतका १५० गणना क्षेत्रबाट २ हजार २ सय ५० घरपरिवार गरी साढे ४ हजार घरपरिवारबाट यो नमुना तथ्यांक संकलन गरिएको हो।

आर्थिक वर्ष ०७२र०७३ मा सञ्चालित चौथो वार्षिक घरपरिवार सर्वेक्षणको संक्षिप्त नतिजामा नेपालको घरपरिवारको जम्मा उपभोग खर्च चालू मूल्यमा १८ खर्ब २५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो सर्वेक्षणमा यस्तो खर्च  १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ थियो । सर्वेक्षणमा २ खर्ब ३ अर्ब २५ करोड रुपैयाँले खर्च वृद्धि  भएको विभागले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा ११.२ प्रतिशतको वृद्धि देखिएको छ। 

प्रतिवेदनले सहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ५५.१ प्रतिशत रहेको जनाएको छ। तर ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४०।२ प्रतिशत रहेको उल्लेख छ। समग्रमा भने नेपाली घरपरिवारको खाद्य उपभोग खर्च ५३.८ प्रतिशत तथा गैरखाद्य उपभोग खर्च ४६.२ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.