पाँचथर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले जिल्लाका पाँच पत्रकारलाई लेखनवृत्ति प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ प्रदेश १ प्रदेश कार्यसमितिको सहयोगमा शाखाले राष्ट्रिय समाचार समितिका पाँचथर प्रतिनिधि रवीन्द्र काफ्ले‚ नेपाल टेलिभिजनकर्मी विजयबोध लावती, पत्रकार तुलसी क्षितिज,भीमकुमार बाँस्कोटा र दुर्गा खनाललाई लेखनवृत्तिबापतको चेक हस्तान्तरण गरेको हो। लेखनवृत्तिको रकम बिहीबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा चेकमार्फत शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाले हस्तान्तरण गरे।
कोभिड–१९ संक्रमित तथा कोभिड–१९ को महामारीले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यसहित प्रतिव्यक्ति १० हजार राशिको लेखनवृत्ति प्रदान गरिएको शाखाका अध्यक्ष बाँस्कोटाले जानकारी दिए। लेखनवृत्ति पाएका पत्रकारले कोभिड–१९ सम्बन्धी सचेतनामूलक न्यूनतम दुईवटा विस्तृत समाचार सामग्री तयार पारेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।