|

अर्घाखाँची : पाणिनी गाउँपालिका-५ मैदानमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाणिनी-६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए।

मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा शुक्रबार साँझ ५ बजे घरमाथिबाट खसेको पहिरोमा उनी पुरिएका थिए। पहिरो खस्दा उनी एक्लै काम गरिरहेको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दा, प्रहरी र जेसिबी मेसिनको सहयोगले शुक्रबार राति सवा ९ बजे उनलाई मृत अवस्थामा फेला पारिएको पाणिनी-५ का वडा अध्यक्ष जीवलाल घिमिरेले बताए। सुनारको शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने प्रहरी नायब उपरीक्षक  थापा क्षेत्रीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.