|

  • भुपाल थापा

कपिलवस्तु : जिल्लाका विभिन्न स्थानमा लुटपाट गर्दै हिंड्ने ९ जनाको समुहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरि सार्वनजिक गरेको छ। पक्राउ पर्नेहरुमा बाराको खोपवा–३ का ३६ वर्षीय राजेशप्रसाद राय नेटुवा, ३७ वर्षीय राम प्रवेश कुमार राय र १३ वर्षीय बालक छन्।

बाराको प्रसौनी–९ का ३३ वर्षे मोसाफिर मिया धोवी, वीरगञ्ज उपमहानगरपालिका–१९ का २४ वर्षे विशाल राय यादव (विजय), पर्साको सुगौली–४ का १८ वर्षे वेचु राय यादव, वीरगञ्ज उपमहानगरपालिका–२३ का १८ वर्षे रवि कुमार राय, पर्साको औडाहा–५ का १७ वर्षे अजय राय र वीरगञ्ज उपमहानगरपालिका–२३ का ४५ वर्षीय राजा राय नट रहेको कपिलबस्तु प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन आयोजना गरि पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो। प्रहरीले लुटपाट गरेको आरोपमा जिल्ला अदातलबाट मुद्धा दर्ता गरी थप अनुसन्धानका लागि उनीहरुलाई थुनामा राखेको छ।

पक्राउ परेकाहरुले कपिलवस्तु र रुपन्देहीका बजारबाट सुनका गरगहनाहरु लुटपाट गरेको प्रहरी उपरीक्षक शाहले बताए। पक्राउ परेकहरुबाट एक लाख ४० हजार रुपैयाँ बराबरको सुनको सिक्री लगायतका सुनको गहनाहरु बरामद गरेको प्रहरीले जनाएको छ।

गत चैत्र १६ गते कपिलवस्तुको वाणंगगा नगरपालिका ११ ओदारीस्थित साप्ताहिक रुपमा लाग्ने बुधवार हाटवजारमा तरकारी किन्न गएको बेलामा स्थानीय कमला कुँवरको सुनको सिक्री लुटिएपछि कुँवरले गरेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन्।

उनीहरु हाल रुपन्देहीको वेथरीमा डेरा गरेर बस्दै आएको अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीको भनाइ छ। उनीहरु बस्ने गरेको घरबाट प्रहरीले निजहरुले प्रयोग गर्ने गरेको लु.४ प.६७४९, लु.१३ प.८४१० नं.को मोटरसाइकलहरु समेत बरामद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.