|
फाइल फोटो

चितवन : चितवनमा शून्य चोरी शिकार मनाइएको एक हजार दिनपछि दुर्लभ एक सिंगे गैंडालाई चोरी शिकारीले मारेको छ।

चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार शनिबार खाग नभएको अवस्थामा एउटा भाले गैंडा मृत फेला परेको छ।

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तरगत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी शिकारीले मारेको अवस्थामा गैंडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिए।  

अहिले सो क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताए। अहिले घटनास्थमला कुकुर सहित नेपाली सेनाको अनुसन्धान टोली खटाइएको निकुञ्जले जनाएको छ।

चितवनबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरणको प्रक्रिया चलिरहेका बेला यहाँ गैंडा मारिएको हो। सबै संरक्षणकर्मीहरु गैंडा स्थानान्तरणमा व्यस्त भएको मौका छोपेर तस्करले चोरी शिकार गरेको हो। विसं २०७१ साल बैशाख २० देखि चितवनमा चोरीशिकारबाट गैंडा मरेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.