|
फाइल फोटो थाहाखबर

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र गुठी संस्थानबीचको विवाद तत्काल समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन्।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४३ औं वार्षिकोत्सवको अवसरमा शनिबार अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले गुठीसँग सम्बन्धित समस्याको समाधान गर्न पहल गर्ने बताएका हुन्।

'भौतिक सम्पतिको बारेमा जति पनि अस्पतालका समस्या छन् ती सबैको समाधान गर्न सरकारको तर्फबाट पहल गरिने छ', उनले भने, 'खास गरी सीमान्तकृत र राज्यबाट पछाडि परेका वर्ग र क्षेत्रमा सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्य र अस्पताल सञ्‍चालन व्यवस्थापनका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्न प्रतिवद्ध छ।'

अस्पतालले दैनिक उपचारको लागि आउने बिरामीलाई उपचार सेवा दिनुको साथै असक्त लगायतलाई निशुल्क सेवा, स्वास्थ्य शिविरलगायत काम गरेकोमा प्रधानमन्त्री दाहालले अस्पतालको प्रशंसा गरेका थिए। 'आँखाका रोगीको अपरेस, आन्तरिक व्यवस्थापन तथा अस्पतालको सबै पक्ष समय सापेक्ष फड्को मारेको सुन्न पाउदा  खुसी लागेको छ', प्रधानमन्त्री दाहालले भने, 'आगामी दिनमा समेत अस्पतालले समायानुकूल प्रगति हासिल गर्दै जानेमा विश्वस्त रहेको छुं।'

प्रधानमन्त्री दाहालले आँखा रोगीको आँखामा लगाइएको पट्टी खोलेर वार्षिकोत्सवको विधिवत उद्घाटन गरेका थिए। वार्षिक उत्सवको अवसरमा आयोजित स्वास्थ्य शिविरमा ४३ जना आखाका रोगीको  अस्पतालले निशुल्क शल्यक्रिया गरिएको थियो। सबैको आखामा लगाइएको पट्टी उद्घाटन समारोहमा खोलिएको हो।

कार्यक्रममा अस्पतालका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले निजीकरणको नाममा कयौं सार्वजनिक जग्गाहरु ठेक्का पट्टामा दिने प्रचल बढेको भन्दै व्यक्तिको स्वास्थ्य सेवा संग जोडिएर काम गर्ने अस्पताल जस्ता संस्थासँग व्यापारिक नाफा घाटाको हिसाब गरि व्यवहार नगर्न आग्रह गरेका थिए।

२०३० सालमा स्थापना भएको आँखा अस्पतालले आँखा उपचारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ। अस्पतालमा रही लामो समय सम्म काम गरेका  र अस्पताललाई आर्थिक सहयोग गर्नेहरुलाई कार्यक्रममा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.