|

दैनिक भास्कर : सिरियाली एयरवेसमा अमेरिकाले मिसाइल हमला गरेपछि रुस र अमेरिकाबीच तनाव सुरु भएको छ। रुसी प्रधानमन्त्री डिमिट्री मेदवदेवले यस हमलापछि दुई देशबीचको सम्बन्ध सकिएको बताएका छन्। यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रोपटक अमेरिकाले यस्तै हमाला गरेमा रुससँग भिडन्त गर्नुपर्ने चेतावनी दिएका थिए। अमेरिकाको युद्ध जहाजले शुक्रबार मेडिरेरेनिनयन समुन्द्रमा ५९ टाँमहाँक मिसाइल दागेको थियो।

  • समाचार एजेन्सीहरुका अनुसार अमेरिकाले सिरियामा मिसाइल प्रहार गरेर अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको रुसको आरोप छ। अमेरिकाले सिरियाको अल शयरात एयरबेसलाई निशाना बनाउँदा ४ बालबालिकासहित ९ व्यक्तिको मृत्यु भएको थियो।
  • शुक्रबार यस घटनापछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले १५ सदस्यीय आकस्मिक बैठक बोलाएको थियो।
  • संयुक्त राष्ट्रसंघको बैठकमा अमेरिकी दुत निक्की हेलीले अमेरिकाले नियमअनुसार नै हमाला गरेको र थप हमलाका लागि अमेरिका तयार रहेको बताएका थिए।
  • उनले केमिकल आक्रमणका लागि तयारी हुने गरेको एयरवेसमा अमेरिकी सेनाले आक्रमण गरेको दाबी गरेका थिए। उनले थप आक्रमणका लागि समेत अमेरिकाले तयारी गरिरहेको बताए। 'आशा छ थप आक्रमण जरुरी पर्नेछैन्। अहिले सबै देशहरु सिरियामा भैरहेको रक्तपात रोक्नका लागि एकजुट हुन जरुरी छ। जसका कारण केही राजनीतिक निकास निस्कन सकोस्,' बैठकमा उनले भने।
  •  'बसर अल असदले मानवतामाथि थप नोक्सानी निम्त्याएको हामी हेर्न सक्दैनौं। अब अति नै भयो। हामीलाई लागेको थियो रुसले सिरियामा भएका केमिकल हतियार खतम गर्छ। र रुस असफल भयो,' अमेरिकी दुत दुत निक्की हेलीले भनेका छन्।
  • अहिले अमेरिकी सैनिकको यस आक्रमणलाई लिएर अमेरिकासहित अन्य थुप्रै देशमा विरोध प्रदर्शन भैरहेको छ।

रुसले के भन्यो

  • संयुक्त राष्ट्रसंघको बैठकमा रुसका सहायक दुत भ्लादिमिर सेफ्रोनकोवले भनेका छन्,'हामी अमेरिकी हमलाको कडा निन्दा गर्छौं। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थिरता बनाइराख्नका लागि यसको गम्भीर असर पर्छ।'
  • सेफ्रोनकोवले सिरियामा सरकार ढाल्नका लागि अमेरिकासहित बेलायत र फ्रान्सले प्रयास गरेको भन्दै कडा आलोचना गरे। उनले भने,'तपाईहरु रुसका विरुद्ध अमर्यादित आरोप लगाउन बन्द गर्नुस्। यलाई कुटनीति मान्न सकिदैन्। म चेतावनी दिन्छु कि अरबमा भिड्ने कोसिस नगर्नुस्। कसैलाई केही प्राप्त हुनेछैन्। अरबी मुलुकले तपाईहरुको पाखण्डीपन बुझेका छन्। राम्रो हुन्छ कि तत्काल अमेरिकाले आफ्नो कारबाही बन्द गरोस्।'
  • केमिकल हतियार नभएको सिरियाको दाबी
  • संयुक्त राष्ट्रसंघका लागि सिरियाली दुत मोन्जेर मोन्जेरले अमेरिकी हमला जंगली प्रकृतिको रहेको बताए। उनले यो हमला अन्तर्राष्ट्रिय नियम तथा संयुक्त राष्ट्रसंघको चार्टर विरुद्ध रहेको बताए।
  •  उनले भने, 'अमेरिका आफ्नो कारबाहीलाई सही बताउने प्रयास गर्दैछ। यसका लागि उसले सिरियाले खान शेखौनमा कमिकल आक्रमण गरेको आरोप लगाउँदैछ। तर सिरियासँग केमिकल हतियार छैन्। हामी यस्ता हतियारको विरोध गर्छौ।'

को-कसको साथमा

सिरिया विवादमा अमेरिकाको पक्षमा ब्रिटेन, अस्ट्रेलिया, जर्मनी,टर्की,जोर्डन,साउदी,अरब,इटली,जापान,नेदरल्यान्डस्,न्युजिल्यान्डस्, इजरायल र स्पेन छन्।

सिरियाको पक्षमा रुस,ईरान र चीन छन्।

 

के थियो हमलाको उद्देश्य

दोहा ब्रुकिग्स सेन्टरका निर्देशक सुल्न बाराकतका अनुसार अमेरिकाले सिरियामा ठाडो हस्तक्षेप गरेको यो पहिलोपटक हो। यसका पछाडि सिरियामा आफ्नो ठुलो भूमिका देखाउने ट्रम्पको उद्देश्य लुकेको छ।

संसारलाई आफ्नो कठोर विदेश नीति देखाउन ट्रपले यस्तो हमलाको आदेश दिएको बाराकत बताउँछन्।

यसरी सुरु भएको थियो गृहयुद्ध 

  • सन् २०११ मा एउटा सानो घटनाले सिरियामा गृहयुद्धको रुप लिएको थियो। केही बालबालिकाको गिरफ्तारीपछि सुरु भएको यो गृहयुद्ध अहिले दोस्रो विश्‍वयुद्धपछिको सबैभन्दा ठुलो मानविय संकट बनेको छ।
  • राष्ट्रपति बसर अल असदको विरुद्ध सुरु भएको हिंसक प्रदर्शनी र संघर्षमा अहिलेसम्म झन्डै ४ लाख मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन्।
  • जुलाई २०११ मा सरकार विरुद्ध आवाज बनाउन सिरियाली सैनिकका एक अधिकारीको समुहले सेनाको जागिर छाडेर फ्रि सिरियन आर्मी गठन गरेको थियो।
  • डिसेम्बर २०११ देखि २०१२ सम्म थुप्रै ठाउँ आत्मघाती बम बिस्फोट भए। यसपछि अल कायदाका नेता अयमान अल जवाहिरीले सिरियालीहरुलाई धर्मयुद्धका लागि अपिल गरेका थिए। त्यति नै बेला  आईएसआईएसले सिरियामा आफ्ना आतंककारीहरु पठाउन थाल्यो।
  • यस युद्धमा रुस सिरियाको पक्षमा छ। सिरिया डेमोक्रेटिक फोर्सेस (एसडीएफ) लाई रुस र सिरियाले समर्थन गरेका छन्। अमेरिकामाथि असदको विरुद्धमा विद्रोह गरिरहेकाहरुलाई मद्दत गरेको आरोप छ।
  • यसरी थुप्रै पक्षबीचको युद्धमा धेरैले ज्यान गुमाइसकेका छन्। दुई शक्ति राष्ट्र  अमेरिका र रुस भने आईएसआईएसलाई समाप्त गर्नु नै आफ्नो उद्देश्य रहेको बताउँछन्। तर उनीहरु बीचमै विवाद छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.