|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक :  बढ्दो उदासीनताको कारणले मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ। विश्व स्वास्थ्य दिवसको अवसरका आयोजित कार्यक्रममा मानिसहरुले बढ्दो उदासिनताको कारणले आत्महत्या गर्ने गरेको स्वास्थ्य मनोकर्ताहरुले उल्लेख गरेका छन्।

सन् १९४८ मा डब्लुएचओले पहिलो साधारणसभा आयोजना गरी सन् १९५० देखि अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसको रुपमा मनाउने निर्णय गरेको हो। सोहीअनुसार हरेक वर्ष विश्वभरि स्वास्थ्य चेतना जगाउने उद्देश्यले अप्रिल ७ लाई मनाउने गरिन्छ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयको तर्फबाट बलिराम यादवले जिल्लामा भएगरेका स्वास्थ्यसम्बन्धी विषयमा चर्चा गर्दै आगामी दिनहरुमा स्वास्थ्य कार्यालयहरुले खेल्नुपर्ने भूमिकाको विषयमा समेत प्रस्ट पारे।

उदासीनताबाट के हुन्छ?

उदासीनता दुःख तनावसँग सम्बन्धित रोग हो। आत्महत्या गर्ने व्यक्तिहरु कम्तीमा पनि दुई हप्तादेखि एउटै समस्यामा पर्नेहरु बढी हुने गरेका छन्। कुनै पनि रोग वा दुबइलताबाट मुक्त हुनु मात्र नभई पूर्णरुपमा शारीरिक, मानसिक र सामाजिक स्वास्थ्ताको गतिशील अवस्था पनि हो।

आफूलाई लागेको रोगको विषयमा खुलेर सबैसँग छलफल गर्न नसक्नाले पनि आत्महत्या गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ।आफूलाई लागेको रोग नलुकाईकन समाजमा रोगको विषयमा पहिचान गरी उपचार गरेमा यस्तो रोगबाट बच्न सकिन्छ।

कस्तो देखिन्छ लक्षण?

उदासीनताको उपचार गर्ने विधिहरुको बारेमा खुलेर कुरा नगर्ने र आपूmखुसी लाग्ने व्यक्तिहरुले त्यसको उपचार नगरी आत्महत्या गर्ने गरेको पाइएको छ। धेरै दिनसम्म दुखित देखिनु, पहिले रमाइलो लाग्ने कुरामा रमाउन नसक्नु, थकान र कमजोरी महसुस, गर्नु आत्महत्याको मुख्य लक्षण देखा पर्छन्।

आत्मग्लानी हुनु, ध्यानकेन्द्रित गर्न नसक्नु, आत्मसम्मानमा कमी हुनु, भविष्यप्रति नकारात्मक सोच आउनु, आत्महत्याको सोच पटक–पटक आउनु, खान मन नलाग्नु, निद्रामा कमी हुने लक्षणहरु पनि देखा पर्दछन्। जैविक, मनोवैज्ञानिक र सामाजिक कारणले मानिसहरुले आत्महत्या गर्ने गरेको पाइन्छ।

कस्तो छ तथ्यांक?

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार विश्वभरि एक वर्षमा करिब ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। प्रत्येक ४० सेकेन्डमा एक जना विश्वमा आत्महत्याबाट ज्यान फालिरहेको पाइन्छ। आत्महत्या गर्नेमा १५ देखि २९ वर्षका युवायुवती धेरै हुने गरेको तथ्यांकमा उल्लेख छ।

जिल्लामा कहालीलाग्दो तथ्यांक

सिन्धुपाल्चोक जिल्लामा आत्महत्या गर्नेको कहालिलाग्दो तथ्यांक रहेको छ। प्रत्येक हप्ताको अन्तरामा जिल्लामा आत्महत्या गर्नेको संख्या पाइन्छ। किन के कारणले सिन्धुपाल्चोकमा आत्महत्या गर्ने बढ्दै छन्। कसैले चासोको दृष्टिले हेरेको पाइँदैन। गत आर्थिक वर्षमा सिन्धुपाल्चोकमा ५९ जनाले आत्महत्या गरी आफ्नो ज्यान फालिरहेका छन्। यस आर्थिक वर्ष सुरु भएको पुरुष १४, महिला ३४ बालक २ बालिक ३ जम्मा ५३ ले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयमा तथ्यांक छ। तथ्यांकलाई हेर्दा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ।

पुनःस्थापन संगठन

विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्य कार्यायोजना सन् २०१३÷२०२० मा राष्ट्रिय मानसिक नीति अद्यावधि गर्नुका साथै संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य सन् २०१३÷२०२० मा पनि मानसिक स्वास्थ्यलाई प्राथामिकताका साथ राखी मानसिक स्वास्थ्य प्रवर्धन गर्ने उल्लेख गरिएको छ। नसर्ने रोगहरुबाट हुने मृत्युदरलाई एक तिहाई कम गर्ने र लागु पदार्थ दुव्र्यवसनीको रोकथाम, उपचार र पुनःस्थापना गर्ने लक्ष्य लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.