|
फाइल फोटो

काठमाडौं : म्यादी प्रहरीमा देशभरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ३ सय ५० भन्दा बढी जनशक्ति छनोट भएका छन्। वैशाख ३१ को स्थानीय तह निर्वाचन सुरक्षाका लागि पाँच क्षेत्रबाट ३ सय ५४ जना स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

म्यादीमा स्नातक तह उत्तीर्णको संख्या पनि २ हजार ५ सयभन्दा बढी रहेको छ। अन्तिम नामावलीअनुसार म्यादी छनोटमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर गर्नेको संख्या उल्लेख्य रहेको जनाएको छ।

प्रहरीका अनुसार म्यादीमा आवेदन दिने स्नातक र स्नातकोत्तर गरेका अधिकांश उत्तीर्ण भएका छन्। देशमा बढ्दो शैक्षिक बेरोजगारी तथा विदेशमा सजिलै सुरक्षागार्डको रोजगारी पाउने लोभका कारण पनि उच्च शिक्षा हसिल गरेका जनशक्ति म्यादीमा इच्छुक देखिएको प्रहरीको भनाइ छ। म्यादीमा भर्ना भएका युवालाई मकाउ, साउदी अरब, मलेसिया, कतार, बहराइन लगायत मुलुकका कम्पनीहरूले सजिलै सुरक्षा गार्डमा रोजगारी  दिने गरेको प्रहरी अधिकारीहरू बताउँछन्।

सबैभन्दा बढी काभ्रेबाट २ सय ९७ जना स्नातकोत्तर उत्तीर्ण म्यादीमा छनोट भएका छन्।यस्चै पाँचथरबाट २२ जना छन्। प्रहरी प्रवक्ता एसएसपी सवेन्द्र खनालका अनुसार डडेल्धुराबाट २, रसुवा र कैलालीबाट १ १ जना स्नातकोत्तर म्यादीमा छनोट भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.