|

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ र २९ गते हुने अधिवेशनमा ६३ पदका लागि १ सय ११ जनाले उम्मेदवारी दिएका छन्। आइतबार दावी विरोधपछि प्रकाशित उम्मेदवारको अन्तिम नामावली अनुसार जम्मा एक जनाको मात्र उम्मेदवारी रद्द भएको छ।

जिल्ला नगर तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार कल्पना गैरेको उम्मेदवारी रद्द भएको निर्वाचन समितिले जनाएको छ। डडेल्धुरा उद्योग वाणिज्य संघकी गैरेको उम्मेदवारी महासंघको विधान विपरीत रहेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले दावी विरोध पेश गरेपछि उनको उम्मेदवारी रद्द भएको हो।

महासंघको विधानमा केन्द्रीय सदस्यको उम्मेदवार हुनका लागि एक कार्यकाल जिल्ला/ नगर संघको कार्यसमितिमा काम गरेको हुनुपर्नेछ। तर गैरे जिल्ला समितिमा मनोनित सदस्य भएकाले केन्द्रीय सदस्य उठ्न नपाउने भएकी हुन्। उनको उम्मेदवारी रद्द भएपछि उम्मेदवार संख्या १ सय ११ पुगेको छ भने जिल्ला नगर तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार संख्या २८ पुगेको छ। महासंघमा जिल्ला नगर तर्फबाट १८ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।

महासंघको कुन पदमा कति उम्मेदवार

वरिष्ठ उपाध्यक्ष १ पदका लागि २ जना

जिल्ला/नगर उपाध्यक्ष १ पदका लागि २

वस्तुगत उपाध्यक्ष १ पदका लागि ३

एसोसिएट उपाध्यक्ष १ पदका लागि १

कार्यसमिति सदस्य  

जिल्ला/नगर तर्फका सदस्य १८ पदका लागि २८

प्रदेश नम्बर १ बाट १ पदका लागि ३ जना

प्रदेश नम्बर २ बाट १ पदका लागि २ जना

प्रदेश नम्बर ३ बाट १ पदका लागि १ जना

प्रदेश नम्बर ४ बाट १ पदका लागि २ जना  

प्रदेश नम्बर ५ बाट १ पदका लागि १ जना  

प्रदेश नम्बर ६ बाट १ पदका लागि २ जना

प्रदेश नम्बर ७ बाट १ पदका लागि ४ जना

संस्थापक सदस्य समूहबाट १ पदका लागि १ जना

वस्तुगत तर्फबाट १४ पदका लागि २७ जना

एसोसिएट तर्फबाट १९ पदका लागि ३१ जना

द्वीराष्ट्रिय उद्योग वाणिज्य संघबाट १ पदका लागि १ जना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.