|

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सेल्फीका सोखिन हुन्। उनले सोमबार दिल्ली मेट्रोमा अस्ट्रेलियाका प्रधानमन्त्री मल्कोल्म टर्नबुलसँग खिचेको सेल्फी अहिले चर्चामा छन्।

दिल्लीको मेट्रो रेलमा सेल्फी खिचेपछि दुई देशका प्रधानमन्त्री यमुना नदीको किनारमा रहेको चर्चित अक्षराधाम मन्दिरमा पुगेका थिए। उनीहरुले त्यहाँ माला लगाएर अर्को पोज दिए।

भारत र अस्ट्रेलियाले सोमबार आफ्नो द्धिपक्षिय व्यापारिक सम्झौतालाई पुनरावलोकन गरे।  तर, अस्ट्रेलियन प्रधानमन्त्रीले दुई देशबीचको व्यापारमा तत्काल ब्रेक थ्रु हुने संभावना कम रहेको औल्याएका छन्।

टर्नबुलले चीनसहितको एशिया-प्यासाफिक फोरलाई आफुले प्राथमिकतामा राखेको बताएका छन्। भारतको दक्ष जनशक्तीलाई अस्ट्रेलियामा उचित रोजगारीका अवसर सिर्जना गर्नेतर्फ भने उनी सकारात्मक देखिएका छन्।

प्रस्तावित द्धिपक्षिय व्यापारीक साझेदार सम्झौता (सीईसीए) मा दुबै पक्षले आ-आफ्नो तर्फबाट पहल गर्ने विषयमा दुई प्रधानमन्त्रीबीच सहमति भएको छ।

३ दिने भारत भ्रमणमा रहेका टर्नबुलको टोलीमा व्यापारिक प्रतिनिधि मण्डल र विभिन्‍न शैक्षिक संस्थाका प्रमुखहरु समेत सहभागी छन्। विदेशमा पढ्न चाहने भारतीय विद्यार्थीहरुका लागि अमेरिकापछि अस्ट्रेलिया दोस्रो प्राथमिकतामा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • I would definitely not recommend these as ways to break the ice however. debdkbfbbeefdabd