|

  • अनिल खत्री

गुल्मी : स्थानीय तह चुनावको मिति नजिकिएसँगै जिल्लामा चुनावी रौनक बढेको छ। गुल्मीका २ नगरपालिका तथा १० गाउँपालिकामा विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बन्न नेता-कार्यकर्ताहरु दौडधुपमा छन्। 

निर्वाचनका लागि उम्मेदवारलाई टिकट दिदाँ पार्टीको स्थानीय कमिटीले पुराना तथा नयाँ पुस्तालाई मिलाउन सक्नुपर्ने एमालेको विद्यार्थी संगठन अनेरास्ववियका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम कुँवर बताउँछन्।

चुनाव नजिकिएसँगै स्थानीय नेताहरु गोष्ठी तथा छलफलमा व्यस्त छन्।  जिल्ला तहमा बसेर लोकप्रियता कमाएका नेताहरु समेत नगरपालिका तथा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्।

गाउँपालिकाका केही वडाहरुमा अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारको नाम टुंगो लागिसकेको छ भने केही वडाहरुमा उम्मेदवारको नाम टुंगो लाग्न बाँकी छ। 
चर्चाका रहेका उम्मेदवारको  नाम सम्बन्धित पार्टीका जिल्ला नेताहरुसँगको कुराकानीपछि तयार गरिएको हो।   

जिल्लाको सदरमुकामस्थित रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट भुवन प्रसाद श्रेष्ठ, शालिक पन्थी,राजेन्द्र प्रसाद श्रेष्ठ, खिलध्वज पन्थी र श्रीप्रसाद भलामीको ना्म चर्चामा छ। एमालेबाट डिल्लीराज भुसाल, गणेश श्रीपाली, बालसिंह काउछा, जंग नेपाली लगायतको नाम चर्चामा छ। माओवादीबाट अशोक थापा संभावित उम्मेदरवारका  रुपमा चर्चामा छन्।

मुसिकोट नगरपालिकामा कांग्रेसका तर्फबाट विष्णु सापकोटा, हिरामणि अर्याल, ज्ञानहरि सापकोटा र कृष्णहरि सापकोटाको नाम चर्चामा छ। एमालेका तर्फबाट सोमनाथ सापकोटा, कमला शर्मा, हरि छन्तेल, जीवन खरेल र खड्ग केसीको नाम चर्चामा छ। माओवादीका तर्फबाट खुमबहादुर थापा संभावित उम्मेदवारका रुपमा चर्चामा छन्।

गुल्मीका १० गाउँपालिकामध्ये मालिका गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रेखा जिसी, प्रेमनाथ अर्याल, ज्ञानबहादुर कार्की, चन्द्रकान्त अर्याल नाम चर्चामा छ। नेकपा एमालेबाट सन्तोष लम्साल, रितबहादुर थापा, ओम कार्की, इश्वरबहादुर कार्की नाम चर्चामा छ। माओवादी केन्द्रबाट देविराम अर्याल, ज्ञानबहादुर बुढाको नाम चर्चामा छ।

मदाने गाउँपालिकामा नेपाली कांग्रेसबाट काशिबहादुर बोहोरा, मनिराम थापा, फर्सुराम भुसाल लगायतको नाम चर्चामा छ। नेकपा एमालेबाट दानबहादुर केसी, चन्द्रबन्धु भुसाल, तोकम कुँवर, केशव चन्द, प्रेम जिसी लगायतको नाम चर्चामा छ। माओवादी केन्दबाट्र बुद्धि जिसी, बेगम चन्दको नाम चर्चामा छ। 

इश्मा गाउँपालिकामा नेपाली कांग्रेसबाट नरहरि घिमिरे,भगत खड्का शेरबहादुर कुँवर, हरि केसी, चन्द्रबहादुर महतको नाम चर्चामा छ। नेकपा एमालेबाट लक्ष्मण विष्ट, लक्ष्मण पराजुली, हिरा एसी, टिका रेश्मी, राजेन्द्र बिक्रम कुँवरको नाम चर्चामा छ।  माओवानी केन्द्रबाट नगेन्द्र कुँवर, दुर्गा बोहोरा, ज्ञानबहादुर बिष्टको नाम चर्चामा  छ।

धुर्कोट गाउँपालिकामा नेपाली कांग्रेसबाट महेन्द्र भण्डारी, छन्द पहराई, नविन जिसी, नेकपा एमालेबाट नरेश भण्डारी, कृष्ण घिमिरेको नाम चर्चामा छ। माओबादी केन्द्रबाट भुपाल पोख्रेल, निमबहादुर पाण्डे, मानबहादुर कुँवर लगायतको नाम  चर्चामा छ।

गुल्मी दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट हरि अर्याल, लक्ष्मण थापा नेकपा एमालेबाट कृष्ण खनाल, हरिनारायण कंडेल, विष्णु गौतम माओबादी केन्द्रबाट यम पाण्डेको नाम चर्चामा छ।

छत्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट अनन्त पौडेल, धातानन्द भुसाल, बोधराज ज्ञवाली, नेकपा एमालेबाट मधुकृष्ण पन्त, विष्णु पौडेल नर्मदा भण्डारी, माओवादी केन्द्रबाट कमल पाण्डे, लोकनाथ पाण्डेको नाम चर्चामा छ। रुरु गाउँपालिकामा नेपाली कांग्रेसबाट रामचन्द्र भट्टराई, किशोर श्रेष्ठ, नेकपा एमालेबाट निलकण्ठ गौतम, चक्रपाणी गौतम, देवनारायण ज्ञवाली, माओबादी केन्द्र नारायण पौडेल, खेतबहादुर क्षेत्री, हरि ज्ञवालीको नामा चर्चामा  छ। 

कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसबाट बेद मगर, घनश्याम ढकाल लगायतको नाम चर्चामा छन्। त्यस्तै,  नेकपा एमालेबाट टिकाराम ढकाल, झवि पाण्डे, रामजी ढकाल, माओबादी केन्द्रबाट तेजेन्द्र पुलामी, ओमप्रकाश न्यौपानेको नाम चर्चामा छ।

सत्यवती गाउँपालिकामा नेपाली कांग्रेसबाट पारिश्वर ढकाल, हरि भण्डारी लगायतको नाम चर्चामा छ। त्यस्तै, नेकपा एमालेबाट अम्मर सिंजापती, दानबहादुर राना, लोक राना, दुर्गा राना लगायतको नाम चर्चामा छ। ाओवादी केन्द्रबाट जितबहादुर त्रामुको नाम चर्चामा  छ।

चन्द्रकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट दोर्ण खत्री, रमेश भण्डारी लगायतको नाम चर्चामा छ। एमालेबाट निमलाल श्रेष्ठको नाम चर्चामा छ।  माओबादी केन्द्रबाट युवराज केसी, टंकबहादुर क्षेत्री लगायतको नाम चर्चामा  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.